जनसंख्या बढाउन महँगो बिहेमा कडाइ गर्दै चीन, 'बेहुलीका परिवारलाई दाइजो दिन रोक !'

काठमाडौं । जापानमा जनसंख्या घटेर देशको अस्तित्व नै मेटिन थालेको चिन्ता चुलिएको छ । घट्दो जन्मदर उकास्न सरकारले शिशु स्याहारमा टेवा दिने अनेकौं उपायहरू अपनाउन थालेको छ । महँगी अनि कामकाजी महिलाहरूको संख्या बढ्न थालेसँगै शिशु स्याहार्न भनेर जागिरै छोड्नुपर्ने स्थिति आउन थालेपछि साना छोराछोरी हुर्काउन सजिलो होस् भनेर सरकारले पुरुषहरूलाई पनि सुत्केरी र शिशु स्याहारको बिदामा बस्न प्रोत्साहन दिन थालेको छ । टोकियोले अन्यत्र बसाइ सरेर जाने घरपरिवारलाई हरेक बालबालिकापिच्छे १० लाख येन दिने योजना ल्याएको छ ।  चीनमा गएको वर्ष ६० वर्षमा पहिलो पटक जनसंख्या घट्यो । चीन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भएकाले जापानको जसरी अहिले नै उ आत्तिहाल्ने बेला भएको छैन । जन्मदर उकास्ने उपायहरू अपनाउने हो भने चीनले जनसंख्याको बनोटमा आउने परिवर्तनका कारण निम्तने समस्या वा सोको प्रभाव धेरै हदसम्म कम गर्न सक्ने सम्भावान धेरै छ । चीन सरकारले घट्दो जन्मदरलाई सम्बोधन गर्न सकेसम्म अनि भ्याएसम्मका सबै उपायहरू अपनाउन थालेको छ । विवाह र धेरै सन्तान जन्माउने प्रवृत्तिलाई प्रोत्साहन दिन व्यापक अनुदान र सहुलियतका उपायहरू अपनाउन थालिएको केही वर्ष भइसकेको छ । एक महीनासम्मको बिहे बिदा चलन देशभरमा विस्तारै बढ्न थालेको छ । एकल महिलाहरूका लागि भनेर अन्डा स्टोर गरेर राख्न दिइने नीति पनि ल्याइएको थियो । अब भने महँगो खालको बिहेको चलनमा सरकारले कडाइ गर्न शुरु गरेको छ । यो उपायहरूले भने अहिलेसम्मको भन्दा फरक प्रभाव पार्ने अपेक्षा केहीको छ ।   चीनमा बेहुलाले बेहुलीलाइ छाइली (बेहुलीको मूल्य) चुकाउने परम्परा छ । छाइली भनेको बिहेको समयमा बेहुलाले बेहुलीको परिवारलाई दिने उपहार हो । आफू इमानदार र धनी छु भन्ने देखाउन बेहुलाले बेहुलीको परिवारलाई पैसा दिने परमपरा छ । छोरी जन्माएर, हुकाई बढाई गरेर अरुलाई दिएको क्षतिपूर्तिबापत दिइने पैसा हो यो । चीनमा छोरी भन्दा छोरा धेरै रुचाइन्छ । चीनमा तीन चौथाई बिहेमा यो प्रथा छ । बेहुलीको परिवारलाई बेहुलाले दशौं हजार डलर तिर्छन् । यो रकम वार्षिक आयको कयौं गुणा धेरै हुन्छ । अधिकारीहरूले यो प्रथा निर्मूल गर्न पहल गरेको यो पहिलो पटक भने होइन । तर अहिले भने धेरै नै कडाइ गर्न थालिएको छ । चीनको जनसंख्या अपेक्षा गरिएभन्दा निकै छिटै घट्न थालेको छ । उपभोक्ता माग सुस्ताएको छ भने स्वास्थ्य हेरचाह प्रणालीमा दबाब बढेको छ । चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको तथ्यांक सार्वजनिक भएको एक महीना पनि भएको छैन । यस्तोमा परिवार विकास विभागका प्रमुखले स्थानीय सरकारलाई जन्मदर उकास्न ‘बोल्ड र क्रियटिभ’ कदमहरू चाल्न भनेको छ । छाइली प्रथाका कारण बिहे धान्नै नसक्ने बनेको छ । अर्थतन्त्र सुस्ताइरहेको समयमा यही प्रथाका कारण मानिसहरूमा बिहे गर्ने र बच्चा जन्माउनेप्रति रुची घटेको हो कि भनेर सरकारले यसमा कडाइ बढाएको छ । मध्य चीनका प्रान्त हपईले जनवरीमै बिहेमा व्याप्त कुप्रथामा कडाइ गर्न थालेको थियो । तटीय प्रान्त चियाङ्सुले पनि गएको महीना ज्वाईसँग धेरै पैसा नमाग्ने सबैभन्दा सुन्दर सासुको खोजी शुरु गरेको थियो । चियाङ्सुकै एक् शहरले एकल महिलाहरूलाई विहेमा चर्को छाइली नअसुल्ने वाचा पत्रमा हस्ताक्षर गराएको थियो ।  चीनले जन्मदर बढाउन अविवाहितहरूले जन्माएको सन्तानको समेत पञ्जीकरणको अनुमति दिने जस्ता नियमहरू ल्याएको छ । तर अधिकांश नियमहरू पुरुषको पक्षमा छन् । यसलाई धेरैले भने राष्ट्रपति सि चिनफिङले चिनियाँ महिलाहरूलाई घरायशी परम्परागत काममा फर्काएर शीर्ष राजनीतिमा महिलाहरूलाई बाइकट गर्न खोजेको रुपमा हेरेका छन् । लैंगिक विभेदजस्ता जरा गाडेर बसेका समस्याहरूलाई सम्बोधन नगर्दासम्म घट्दो जन्मदरको समस्या सम्बोधन हुने आश थोरै मात्र भएको जोन्स हप्किन्स विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक फइनियान चन भन्छिन् । छाइली प्रथा चीनको एक सन्तान नीतिसम्मै पाइन्छ । सो नीतिबीच चीनमा पुरुष जनसंख्या महिलाको भन्दा धेरै भयो । वरभन्दा वधुको संख्या कम हुँदा पनि बेहुलीको परिवारले मनलाग्दी रकम छाइलीबापत असुल्ने क्रम बढेको छ ।  हामीकहाँ बेहुलीको परिवारले बेहुलाको परिवारलाई मनग्गे दाइजो दिने चलन छ । तर चीनमा चलन ठिक उल्टो छ । यहाँ बेहुलाको परिवारले बेहुलीको परिवारलाई दाइजो दिन्छन् । लैंगिक अन्तर उच्च रहेको ग्रामीण भेगमा यो समस्या झनै धेरै छ । बिहे अर्थतन्त्रको ठूलो हिस्सा छाइली प्रथाले ओगटेको छ । तर यो प्रथाप्रति मानिसहरूलाई निरुत्साहित गर्नु भने सरकारलाई कम्ति गाह्रो छैन । महँगो बन्दै गइरहेको छाइली प्रथा विरुद्ध अभियान चलाउनु भनेको निरन्तरको कठिन युद्ध साबित हुने विश्लेषण गरिएको छ । हपईको एउटा गाउँमा दुल्हाको परिवारले दुलहीको परिवारलाई ३ लाख युआन (४३ हजार ३४३ डलर)सम्म छाइली तिरेका थिए । गाउँका अधिकारीहरूले पैसै नलिने वा कम लिने बेहुली नखोजिदिएसम्म यसलाई नियन्त्रण गर्नै सक्दैनन् । सोही गाउँका बासिन्दा वाङ लिङ्गले आफ्नो छोराको बिहेमा जिन्दगीभर जोगाएर राखेको ३ लाख २८ हजार युआन तिरेका थिए । बेहुलाले बेहुलीले भनेको जत्ति पैसा नतिर्ने हो भने चीनमा बिहेको कुरा अगाडि नै नबढ्ने स्थिति छ ।  एजेन्सीको सहयोगमा

सम्बन्धित सामग्री

भारतमा काेराेना बढेसँगे सीमा नाकामा कडाइ

काठमाडाैं । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकामा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश […]

आचारसंहितामा कडाइ, माइकिङमा समेत रोक

पर्वत । पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ । आचारसंहिता उद्घाटनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो । आचारसंहिता अनुगमन समिति पर्वतको आइतबार बसेको बैठकले आचार संहिता उल्लंघनका मौखिक उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ ।दल तथा स्वतन्त्र उम्मेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमबारदेखि नै कडाइ गरिने […]

स्वास्थ्य मापदण्डमा कडाइ

कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार २७ बुँदे आदेश जारी गरेको हो ।काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएको छ।कोरोना संक्रमणको बढ्दो जोखिमलाई […]

कोरोना संक्रमण बढेसँगै उपत्यकामा थप कडाइ, तत्काल लकडाउन नहुने

कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा थप कडाइ गरिएको छ । दिनहुँ देशभरका संक्रमितमध्ये काठमाडौं उपत्यकामै आधा हुन थालेपछि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुले थप कडाइ गर्ने उद्देश्यसहित मंगलबार स्मार्ट लकडाउनसम्बन्धी आदेश जारी गरेका हुन् । जसमा भेला, सभा, सम्मेलनलगायतमा माघ मसान्तसम्म रोक लगाइएको छ भने धार्मिक स्थलमा नित्य पूजापाठबाहेकका गतिविधिमा बन्देज लगाइएको छ । यस्तै बिबाह, ब्रन्तबन्धलगायतका सामाजिक कार्यमा ५० जना भन्दा बढी सहभागी हन नपाउने, गाडीमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने,...

उपत्यकामा थप कडाइ गर्न यस्तो छ तीन जिल्ला प्रशासनको आदेश

काठमाडौं, २७ पुस । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा थप कडाइ गर्ने भएको छ । संक्रमणको परिस्थितीलाई ख्याल गर्दै आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न समेत रोक लगाइएको छ ।

प्लास्टिक झोलाको कच्चा पदार्थ आयातमा कडाइ गरिँदै

सरकारले प्लास्टिकका झोलाको कच्चा पदार्थ आयातमा कडाइ गर्ने तयारी गरेको छ । वातावरणीय प्रदूषण न्यूनीकरण गर्नका लागि प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएसँगै कच्चा पदार्थ आयातमा पनि कडाइ गरिने भएको हो ।देश बाहिर उत्पादन भएका ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलाको आयातमा सरकारले रोक लगाइसकेको छ । वातावरण विभागका अनुसार विभिन्न स्थानबाट आयात हुने प्लास्टिकका झोलाहरुको कच्चा पदार्थ […]

राति ८ बजेपछि सवारी साधनमा प्रशासनको कडाइ (तस्बिरहरु)

काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले बिहीबार बेलुकी ८ बजेदेखि उपत्यकामा सवारी साधन सञ्चालनमा रोक लगाएपछि ट्राफिक कार्यालयले चेकजाँचमा कडाइ गरेको छ। यद्यपि राजधानीका अधिकांश स्थानमा बेलुकी ८  बजेपछि पनि सवारी साधन बेरोकटोक चलिरहेका थिए। कतिपय स्थानमा भने ट्राफिक प्रहरीहरुले सवारी साधनहरुलाई रोक्दै ८ बजेपछि नहिँड्न सचेत गराइरहेका थिए। काठमाडौँ उपत्यकामा कोभिड संक्रमण तीव्र हुँदै गए […]

गुल्मीमा निषेधाज्ञामा कडाइ, यातायातका साधन सञ्चालनमा रोक

को बैठकले कडाइ गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । विभन्न चरणमा निषेधाज्ञा खुकुलो पार्दै जाँदा कोरोना संक्रमण बढ्न थालेपछि पुनः कडाइका गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ । थप गरिएको निषेधाज्ञा २३ गतेदेखि ३२ गतेसम्म लागू हुनेछ । यो वधिमा सार्वजनिक तथा निजी सवारी साधन संचालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला […]

उपत्यकाको निषेधाज्ञामा थप कडाइ

काठमाडाैं। काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ। जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्दै अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आजदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। यसपालि किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ।

कोरोनाका कारण कञ्चपुरमा कडाइ

कञ्चनपुर : कोरोना भाइरस संक्रमण समुदायस्तरमा देखिन थालेपछि कञ्चनपुरका विभिन्न स्थानीय तहले कडाइ गरेको छ। केही स्थानमा शैक्षिक संस्था बन्द गरिएको छ भने केही स्थानमा भीडभाड हुने कार्यक्रम गर्न रोक लगाइएको छ।बेदकोट नगरपालिकाले वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने, विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानलगायतका कार्यक्रम गर्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने निर्णय गरेको छ। ती कार्यक्रममा १५ जनाभन्दा बढी सहभागी हुन पाउने निर्णय गरिएको छ।महाकाली अस्पताललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको