अध्यागमन विभागद्वारा अन्तरराष्ट्रिय विमानस्थल अनुगमन

काठमाडौँ : अध्यागमन विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन एवं निरीक्षण गरेको छ।बुधवार विभागको टिमले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान गर्न सम्बन्धित निकायहरूले गरेको कामको अनुगमन एवं निरीक्षण गरेको हो।अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेस्क राखेर सेवा दिँदै आएको बताए।उनले विदेशी नागरिकका लागि ४ वटा

सम्बन्धित सामग्री

अध्यागमनको सर्भर डाउन, अन्तरराष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तरराष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’ रूपमा अन्तरराष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ । अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ । ‘अध्यागनको सर्भर डाउन भएकाले मेनुअलरूपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ,’ प्रमुख सेडाइँले भने ।  विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको र  मेनुअलरूपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ । रासस

नेपाल आउने पर्यटकलाई २०० डलर बोकेर आउन अध्यागमन विभागको आग्रह, कारण के हो ?

वैशाख ४, काठमाडौं । अन्तरराष्ट्रिय विमान स्थल (टीआईए) परिसरमा रहेको वाणिज्य बैंकको एटीएममा समस्या देखा परेपछि अध्यागमन विभाग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले पर्यटकलाई नगद नै बोकेर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै बैंक भुक्तानीमार्फत आगमन भिसा शुल्क स्वीकार गरिरहेमा बैंकमा समस्या देखिएकाले पर्यटकलाई नगद नै बोक्न आग्रह गरेको हो ।  बैंकमा डलर कार्ड नलिने समस्या देखा परेपछि पर्यटकको सहजताका लागि यस्तो व्यवस्था गरिएको अध्यागमन विभाग, टीआईए कार्यालयका प्रमुख पुष्पराज शाहीले जानकारी दिए । नेपाल राष्ट्र बैंकले यस विषयमा अध्ययन गरेको र वाणिज्य बैंकलाई अर्काे एटीएम राख्न पनि निर्देशन दिएको उनले बताए । यो समस्या हल नभएसम्म सूचना नहट्ने पनि उनको भनाइ छ ।  यो समस्या हल हुन अझै एक दुई दिन लाग्न सक्ने शाहीले अभियान डेल्लीलाई जनाकारी दिए ।  अहिले दैनिक बाह्य पर्यटक आगमनमा वृद्धि भएकाले उनीहरूलाई समस्या नहोस भनेर साथमा नगद नै बोकेर आउन आग्रह गरिएको शाहीले जानकारी दिए ।  टीआईए परिसरमा एउटा मात्र एटीएम मेसिन भएकोले पछिल्लो समय भीडभाड हुँदै अएको छ । प्राविधिक कठिनाइका कारण यात्रुले आगमनको समयमा भिसा कार्ड, मास्टरकार्डलगायत विद्युतीय माध्यमबाट भिसा शुल्क तिर्न समस्या परेको कार्यालयको भनाइ छ ।  त्यस्तै यात्रुले नगद नबोकेको अवस्थामा अध्यागमनमा अलपत्र पर्नुका साथै कतिपय अवस्थामा भिसा शुल्क तिर्न नगदको अभावमा प्रवेश अनुमति पनि पाउन नसक्ने हुन सक्ने सूचनामा भनिएको छ ।  अध्यागमनले सबै विदेशी यात्रुहरूको सुविधाका लागि र ई–बैंकिङ भुक्तानी बाधाबाट मुक्त हुनका लागि कम्तिमा २०० अमेरिकी डलर वा सो बराबरको परिवर्तनीय स्वीकृत मुद्राहरू नगदमा लैजान पनि अनुरोध गरेको छ ।