रेणुका साहलाई उच्च अदालतको न्यायाधीशबाट योग्यताको कारण देखाएर हटाउने न्याय परिषद्को निर्णयसम्बन्धी फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार साहलाई न्यायाधीशबाट हटाउने बेला गरिएको न्याय परिषद्को फाइल इजलासमा ल्याउन भनेको हो ।