पच्चिस जनाको क्षमता रहेको गुल्मी जिल्ला कारागारमा चौगुणा कैदीबन्दी बस्न बाध्य छन् । ‘ङ’ वर्गको यस कारागारमा ११५ जना कैदीबन्दी रहेका छन् । जिल्ला कारागारका जेलर रेश्मीराज पन्थी कोचाकोच गरेर राख्नु परेको बताउनुहुन्छ । उहाँका अनुसार पुरुष १०५, महिला आठ जना र आश्रित दुई जना गरी जम्मा ११५ जना कारागारमा कैदीबन्दी छन् । कारागारको भवन साँघुरो हुँदा धेरै समस्या भोग्नु परेको र कैदीबन्दीलाई पर्याप्त खेल मैदान तथा आर्थिक उपार्जनका लागि उद्योग खोल्न समस्या भएको छ । भवन पनि जीर्ण रहेकाले समस्या अझ थ