काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानअनुसार अगाडि नबढे देशमा धेरै बालेनहरूको जन्म हुने चेतावनी दिएका छन्।बिहीबार प्रतिनिधिसभाका बैठकमा बोल्दै संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्न अहिलेको अनिवार्य आवश्यकता भएकाे बताए।‘संविधानअनुसार अगाडि बढ्न सकेनौँ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौँ। र, धेरै बालेनहरू अनि जन्मिने छन्। बालेनहरूले राज्य गर्ने छन्। पोलिटिकल पार्टीको अस्तित्व र उपादेयिता समाप्त हुँदै जानेछ&rsqu