काठमाडौं : नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन्। प्रेस चौतारी नेपाल चितवन शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए। नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले भने, ‘लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।&rsq