प्रतिनिधिसभाको बैठकले अमेरिकी अनुदान मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता अनुमोदन गरेपछि आफूहरू उत्साहित भएको नेपालको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् । ऊर्जा र सडक पूर्वाधार निर्माणमा अमेरिकाले दिने ५० करोड अमेरिकी डलर अनुदान लिनेसम्बन्धी कम्प्याक्ट सम्झौता आइतबार प्रतिनिधिसभा बैठकले अनुमोदन गरेको थियो ।प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेपछि नेपालका निजी क्षेत्र उत्साहित बनेको हो । यस अघिदेखि नै एमसीसी अनुमोदन गरेर अमेरिकी सहायता लिनुपर्ने पक्षमा ने