पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत

काठमाडौँ महानगरपालिकाले धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत गरेको छ । हिजो यहाँ बसेको कामपाको ५५ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो । कामपाले यसअघि १६ वटा विदेशी शहरसँग र तीनवटा स्वदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले आठौं नगरसभामा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको छ । यही पुस २७ गतेको सभामा चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम एवं तीन विधेयक स्वीकृतिका लागि पेश हुनेछन् । यसरी प्रस्ताव हुने विधेयकमा कामपा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक २०७७’, ‘कामपा बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र ‘कामपा संस्था दर्ता तथा नियमन विधेयक २०७७’ रहेका छन् ।

सम्बन्धित सामग्री

पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत

काठमाडौँ महानगरपालिकाले धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत गरेको छ । शुक्रवार बसेको कामपाको ५५ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो । कामपाले यसअघि १६ वटा विदेशी शहरसँग र तीनवटा स्वदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले आठौं नगरसभामा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको छ । यही पुस २७ गतेको सभामा चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम एवं तीन विधेयक स्वीकृतिका लागि पेश हुनेछन् । ...