काठमाडौं (अस) । रोयल नेपाल गल्फ क्लबमा नोभेम्बर २६ र २७ मा भएको यस वर्षको वार्सटाइनर गल्फ प्रतियोगिता २०२१ को उपाधि संगम केसीले जितेका छन् । ३÷४ स्टेबलफोर्ड ढाँचामा खेलेका केसीले ४१ अंकका साथ च्याम्पियनसिप जितेका हुन् । सञ्जीव तिवारी ३८ अंकका साथ पुरुष उपविजेता बने । हरि थापा ३३ अंकका साथ ग्रस विजेता भए । गीता गुरुङले २९ अंक जोड्दै महिलातर्फको उपाधि जितिन् ।
त्यस्तै, लेफ्टिनेन्ट जनरल विजय एसजेबी राणाले ३८ अंकसहित सिनियर खण्डको उपाधि जिते । मेजर जनरल विजय मोक्तानले ३६ अंक जोड्दै सिनियर रनरअपको उपाधि जिते । मिथुन राईले मोस्ट बर्डीजको अवार्ड जिते भने फुरसाङ लामाले लंगेस्ट ड्राइभको अवार्ड जिते । क्लोजेस्ट टु द पिनको उपाधि भाइराजा पाण्डेले जिते ।
लेफ्टिनेन्ट कर्णेल ईश्वर बुढाथोकी ३९ अंकका साथ अतिथि विजेता र बेस्ट स्पोर्टस्को उपाधि तेजबहादुर राईले जिते । विजेतालाई जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रमुख बिक्री अधिकृत प्रवीरकुमार नाग, पूर्वप्रधानसेनापति प्रज्ज्वल जबरा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचन्डबहादुर श्रेष्ठ, क्याप्टेन राजेन्द्रमान शेरचन, पूर्वअध्यक्ष मधुकर याक्थुम्बा र नेपाल गल्फ एसोसिएसनका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे । प्रतियोगिताका विजेतालाई वार्सटाइनर ट्रफी र अन्य विभिन्न १२ विधाका विजेतालाई पुरस्कार वितरण गरिएको थियो ।