सर्वोच्चको जवाफ– इजलास छाड्ने न्यायाधीशको तजबिजी अधिकार, रिट खारेज हुनुपर्छ [जवाफसहित]

संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहनै पर्ने मागसहित परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गरेको छ । कुनै पनि मुद्दाको सुनुवाइ गर्ने क्रममा कुनै न्यायाधीशले रेक्युजल गर्ने (इजलास छाड्ने) वा नगर्ने भन्ने कुरा विवादको सुनुवाइ गर्ने न्यायाधीश र इजलासको तजबिजी अधिकार भएको भन्ने विगतको नजिरसमेत उल्लेख गर्दै सर्वोच्चले रिट निवेदन नै खारेज गर्नुपर्ने जिकिर गरेको छ । अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको रिटमा सर्वोच्चका तर्फबाट रजिस्ट्रार नारायणप्रसाद पन्थीले लिखित जवाफ पेश गरेका हुन् । निवेदकले स...