काठमाडौं। राइड शेयरिङ एप ‘इड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । इड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँको लगानीमा विद्युतीय ट्याक्सी र स्कुटरबाट सेवा शुरू गरेको हो । अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बीमा, ओपीटी प्रणाली र जीपीएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
बिहीवार संघीय सांसद महेश बर्तौला, बागमती प्रदेश सांसद अप्सरा चापागाईं र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झण्डा फहराएर ‘इड्राइभ एप’ र ट्याक्सी सेवाको उद्घाटन गरेका थिए ।
उक्त अवसरमा सांसद बर्तौलाले विद्युतीय गाडीको प्रयोगले विद्युत्को खपत बढ्ने, वातावरण संरक्षण हुने र पेट्रोलको खरीदमा बाहिरिने अर्बौं रुपैयाँ विदेशिनबाट जोगिने बताए । हाल कम्पनी आफैले २० ओटा ट्याक्सी सञ्चालनमा ल्याएको छ भने थप एक सय ओटा ट्याक्सी सञ्चालन गर्ने तयारी रहेको बताइएको छ ।
हेटौंडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका एक हजार ५८५ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ । कानून र सञ्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीमार्फत बागमती प्रदेशका १३ जिल्लाका एक हजार ५८५ जना पत्रकारको दुर्घटना बीमा गरेको हो । मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले राष्ट्रिय बीमा कम्पनीमार्फत् […]