कागजपत्रविहिनलाई ग्रिनकार्ड, टीपीएसवाहकलाई बाटो र ६० दिनमा एसाइलम निर्णय दिने बिल संसदमा

अमेरिकाको प्रतिनिधिसभामा दुई ल्याटिना सांसदहरुले मंगलबार द्विदलीय अध्यागमन विधेयक प्रस्ताव गरेका छन् । रिपब्लिकन सांसद मारिया सालाजार र डेमोक्रेटिक सांसद भेरोनिका एस्कोबारले ल्याएको डिग्निटी एक्ट नामको यो विधेयकमा सिमा सुरक्षा र कागजपत्रविहिनलाई कानुनी बाटो समेटिएको छ । यो विधेयकमा अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका कागजपत्रविहिनलाई काम गर्न अनुमति दिनुका साथै देश निकाला समेत नगरिने व्यवस्था […]