अमृत साइन्स क्याम्पसका प्रमुखको राजीनामा माग गर्दै उपकुलपतिलाई विद्यार्थीको पत्र

अमृत साइन्स क्याम्पस (अस्कल) का क्याम्पस प्रमुख डा.लोकबहादुर बरालको राजीनामा माग गर्दै विद्यार्थीहरूले उपकुलपतिलाई पत्र बुझाएका छन् । क्याम्पसका ६२६ जना विद्यार्थीले हस्ताक्षर गरेर त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बाँस्कोटा र रेक्टर डा.शिवलाल भुसाललाई पत्र बुझाएका हुन् । डेढ वर्षदेखि क्याम्पसको नेतृत्व सम्हालेका क्याम्पस प्रमुख बराल क्याम्पस समेत नआउने गरेको उनीहरूको आरोप छ । क्याम्पस प्रशासनको सामान्य कामका लागि सहजीकरण गर्न नसकेको, क्याम्पसमा नियमित र कार्यालयमा समयमै उपस्थि