एनसेल प्रकरण : संसदीय समितिबीच नै विवाद, छुट्टाछुट्टै निर्देशनले अनुसन्धानमा असर

काठमाडौँ : 'बेलायतमा रातारात कम्पनी खडा गरेर एनसेल किन्ने व्यक्तिलाई राम्रोसँग चिन्छु, श्रीमती बिरामी भएका बेला सिंगापुर जाँदा उनकोमा दुई दिन बसेको छु। देउवा र ओलीजी पनि जानुभएको छ तर चिने-जानेको छ भन्ने हिसाबले अनुहार हेरेर व्यवहार गरिँदैन’, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने।एनसेलको सेयर खरिद-बिक्री प्रक्रियाका सम्बन्धमा उठेका सवालमा सरकारका तर्फबाट भएका पहलबारे छलफल गर्न समितिले प्रधानमन्त्रीलाई मंगलवार बोलाएको थियो।

सम्बन्धित सामग्री

एनसेल प्रकरण : जसपाले छानबिनको लागि संसदीय समिति गठन गर्न सुझाव दिने

जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरिय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ ।