दसैंको महंगी। अझ दसैंमा महत्वपूर्ण मानिएको खसीबोका र च्याङ्ग्राको भाउ यसपटक झनै महंगियो। मासुका लागि खसीबोका र च्याङ्ग्राको भाउ बजारमा बुझेपछि कति त मनमनै खसीबोकालाई नै यसो भन्दै फर्कँदै होलान् - ह्याप्पी दसैं है पासा।
दसैं मनाउन काठमाडौंबाट घर फर्कने क्रम जारी छ । काम, व्यापार–व्यवसाय, शिक्षादिक्षा लगायतको सिलसिलामा काठमाडौंमा रहेका उनीहरु दसैं मनाउन घर फर्कन थालेका हुन् । दसैं नजिकिँदै गर्दा काठमाडौंबाट बाहिरिनेहरु बढेका छन् । आज कलंकी , कोटेश्वर पुग्दा घर फर्कनेहरुको भीड बढेको पाइयो । दसैंको अवसर पारेर घटस्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीका लागि रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीले दसैं अवधिभर जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् ।
सीता र नारीवाद सुयोग ढकाल 29 mins ago 0 12/10/2018 सीता र नारीवाद सुयोग ढकाल ह्याप्पी दसैं बहुतै ट्रेन्डमा छ, नहोस् पनि कसरी ? दसैंं दैलोमा छ । नयाँ नोट साट्नेदेखि नयाँ लुगा किन्नेहरूको लर्को, सके त म आफूलाई पनि असन बजार नै उठाएर घर लैजाऊझैं लाग्या छ । आज संस्कार अनि इतिहासको बात मार्न मन छ, इतिहासक…