काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिएका छन् । हिजो (बुधबार) मन्त्रालयमा भएको छलफलमा उनले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताए। ‘दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन’, […]