झापामा आफ्नै आमा र काकाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्त बहादुर माझीको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-२ मिलन चौक सिमलडाँगी बस्ने २० वर्षीय चन्द्र माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।चन्द्रले खुकुरी प्रहार गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै आवश्यक अनुसन्धानको लागि उनकै बुबालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ