पाँचवर्ष मुनिका बालबालिकालाई आँखाको क्यान्सरको खतरा

के तपाईंलाई थाहा छ, पाँच वर्षमुनिका बालबालिकामा पनि आँखाको क्यान्सर हुन्छ भनेर ? उनीहरुमा एक वा दुवै आँखाको भित्री भागको पर्दा रेटिना (retina) बाट पलाउने क्यान्सर (रेटिनोब्लास्टोमा) लाग्न सक्ने चिकित्सकहरुको भनाइ छ । यो क्यान्सर १५ हजार नवजात शिशुमध्ये एक जनामा देखा पर्ने गरेको छ । रोगको पहिचान गर्न ढिलो भएमा आँखामा फैलिएर अन्धोपनसमेत ल्याउन सक्छ भने शरीरको अन्य भागमा फैलिए ज्यानसमेत जान सक्ने तिलगंगा आँखा अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार स्थापितले बताउँछिन् ।आँखाकै