कांग्रेस उपसभापति पूर्णबहादुर खड्काद्वारा मतदान

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर खड्काले आफ्नै क्षेत्रबाट मतदान गरेका छन्। पूर्व गृहमन्त्री खड्काले सुर्खेत क्षेत्र नम्बर १ को गुर्भाकोट-८ स्थित सूर्यज्योति मावि मेहलकुना मतदान केन्द्रबाट मतदान गरेका हुन्। चुनावका लागि खड्का केही सातायता सुर्खेतमै छन्।

सम्बन्धित सामग्री

प्रचण्डलाई भेट्न कांग्रेस उपसभापति खड्का खुमलटारमा

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न खड्का बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचनमा विजयी भएकोमा दुबैले बधाई साटासाट गरेका थिए । निर्वाचन सकेर खड्का बुधबार मात्र सुर्खेतबाट काठमाडौं आएका हुन् । काठमाडौं आएलगत्तै उनी सिधै प्रधानमन्त्री एवम् कांग्रेस […]

सुर्खेत १ बाट निर्वाचित कांग्रेस उपसभापति खड्काको राजनीतिक यात्रा

सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट विजयी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का २०३१ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । राजनीतिमा सक्रिय भएपछि २०३२ सालदेखि नै उहाँले पटकपटक बन्दी जीवन बिताउनुभएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खड्काले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष भएर काम गर्नुभयो । कांग्रेसको सुर्खेत सभापति भएर २०४५ सालदेखि …

सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्का विजयी

काठमाडौं :  सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन्।खड्का ४२ हजार छ सय सात मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उनले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गरेका हुन्। खड्काका निकटतम् प्रतिद्वन्द्वी शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गरे। विसं २०७४ बाहेक यो निर्वाचनसहित उपसभापति खड्काले सुर्खेत क्षेत्र नं १ बाट २०४८, २

सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्का विजयी

सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ । खड्का ४२ हजार छ सय सात मत प्राप्त गरी विजय हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उहाँले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गर्नुभएको हो […]

फराकिलो मतान्तर सहित कांग्रेस उपसभापति खड्का विजयी

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। खड्का आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ११ हजार ६१९ बडी मत प्राप्त गरेर विजयी भए।...

कांग्रेस उपसभापति खड्का सुर्खेत १ बाट निर्वाचित

काठमाडौं : कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ बाट निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार खड्काले ४२ हजार ६०७ मत पाउँदै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाए। खड्काले शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन्।

सुर्खेत १ बाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निर्वाचित

सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका खड्का एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।खड्काले ४२ हजार ६०७ मत ल्याएर विजयी भएका छन् भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याएर पराजित भएका छन् । सुर्खेत क्षेत्र नम्बर २ बाट हृदयराम थानी यसअघि नै निर्वाचित भइसकेका छन् ।

सुर्खेत–१ बाट कांग्रेस उपसभापति खड्का सर्वसम्मत सिफारिस

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो। क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ।

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कोरोना भाइरसबाट संक्रमित भएका छन्।शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएपछि चिकित्सकको परामर्शमा उपसभापति खड्का आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेको उनका स्वकीय सचिव गौतम विसीले  जनाएका छन्। आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको र नेता खड्का घरमै आराम गरिरहेकाे विसीको भनाइ छ।