देशमा शान्ति स्थापनाका लागि पनि गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्छ : मन्त्री खाण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज सोमवार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना २०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले देशमा शान्ति स्थापनाका लागि पनि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । द्रुत विकासको चाहनालाई पूरा गर्न देशमा शान्ति आवश्यक रहेको भन्दै उहाँले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले देशलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताउनुभयो । संविधानल...