राष्ट्रपति भण्डारीको ‘खोप कूटनीति’

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा अति आवश्यक खोप ल्याउनका लागि दुवै छिमेकी चीन र भारतसँग ‘खोप कूटनीति’ अघि बढाएकी छन् । मुलुकमा कोभिड संक्रमण र त्यससँगै मृत्युदरसमेत बढिरहेको अवस्थामा राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउनका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बुधबार टेलिफोन संवाद गरिन् भने मंगलबार उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर अनुरोध गरेकी थिइन् ।