पुस १५ मा बटुक र तरुलको स्वादमा रमाउँदै सुदूरवासी

बैतडीसहित सुदूरपश्चिममा पुस १५ लाई पर्वका रुपिमा मनाउँदै तरुल, माणा, बटुकजस्ता खानेकुरा खाएर सुदूरपश्चिमेलीहरु रमाएका छन् । बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम, बाजुरालगायत सुदूरपश्चिमभर मनाईने पुस १५ का दिन घरपरिवारका सदस्य एकै ठाउँमा जम्मा भएर मिठो मसिनो खाने चलन छ ।

सम्बन्धित सामग्री

नयाँ पिढीले बिर्से आईना–बातै

पुस १५ गतेका दिन तरुल खन्न जाने, परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा सख्खर र खुदो पकाएर खाने चलन रहेको छ । उखुको सख्खर र खुदो पकाउने स्थानलाई यहाँ ‘खुदेउडा’ भन्ने गरिन्छ । खुदेउडामा पनि गाउँलेहरु जम्मा भएर आईना–बातै हाल्ने चलन रहेको छ ।

आज पुस १५, घिउ/तेलमा बनाइएका परिकार खाएर मनाइँदै

काठमाण्डाै – आज पुस १५ । पुस १५ काे दिन घिउ/तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाने गरिन्छ । घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे भनिन्छ । यसले शरीरमा ऊर्जासँगै ताप दिने जनविश्वास छ । आज सुदूरपश्चिम प्रदेशमा पनि घिउ/तेलमा बनाइएको विभिन्न परिकार खाएर पुस १५ मनाइँदै छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुल र डोटेली खानाका मिठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ । कन्दमुलज...

आज पुस १५ , तरुल, पिडालु, सखरखण्ड खाएर सुदूरपश्चिममा ठुलीरात मनाइदै

काठमाडौं, पुस १५ । एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिमाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५‘ को रुपमा चर्चित रहेको छ । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुुुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा […]

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ । हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ । माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी रामबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “माटोमुनि उम्रिने चिज खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउने भएकाले आजका दिन प्रायः सबैले खाने चलन छ, आजको दिन यहाँ रमाइलो गरिन्छ ।”