पायस योन्जनले फेन्सिङ एसियन च्याम्पियनसिप खेल्ने

२३ जेठ, काठमाडौं । दक्षिण कोरियाको सियोलमा हुने फेन्सिङ एसियन च्याम्पियनसिपमा नेपालबाट पायस योन्जनले प्रतिनिधित्व गर्ने भएका छन् । नेपाल फेन्सिङ संघले सोमबार सेबर इभेन्टमा प्रतिस्पर्धा गर्ने पायसलाई विदाई गरेको हो । नेपाल ओलम्पिक कमिटीका सीईओ चतुरानन्द राजवैद्य, फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठलगायतले पायसलाई विदाई गरे । प्रतियोगिता जेठ २७ देखि असार १ गतेसम्म आयोजना […]