काठमाडौं : सरकारले किसानलाई मल खरिदका लागि १५ अर्ब रकम विनियोजन गरेको छ । आइतबार संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्।
सरकारले संघ प्रदेश र स्थानीय तहको लागत साझेदारीमा हुने कृषि कार्यक्रमका लागि १० अर्ब पनि विनियोजन गरेको छ।