अलपत्र भू-उपयोग ऐन मन्त्रिपरिषदबाट नियमावली स्वीकृत भएसँगै कार्यन्वयनमा आयो

जेठ १८ काठमाडौं । भू- उपयोग नियमावली २०७९ स्वीकृत भएसँगै कार्यन्वयनमा आएको छ । भू- उपयोग ऐन २०७६ भदौ ६ गते जारी भएको  थियो । भूमिलाई विभिन्न भूउपयोग क्षेत्रमा बर्गीकरण गर्ने, संघ प्रदेश र स्थानीयस्तरमा भू- उपयोग योजना तर्जुमा गर्ने, भू- उपयोग बर्गीकरण र योजना अनुसार भूमिको उपयोग गर्ने, उपयोगको आधारमा भूमिकर निर्धारण गर्ने भन्दै सरकारले यो ऐन जारी गरेको थियो । यस ऐनको प्रभावकारी कार्यान्वयन मार्फत कृषियोग्य जग्गाको संरक्षण र समुचित उपयोगमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, खाद्य सुरक्षा र खाद्य सम्प्रभुता सुनिश्चित गर्ने, गाँउ बस्ती र आवासक्षेत्रलाई सुरक्षित, जोखिम रहित र व्यवस्थित तुल्याउन जस्ता योजना ऐन मार्फत अगाडी सारिएको थियो । योजनाबद्ध शहरी विकासलाई बढावा दिने, सुरक्षित र सुबिधासम्पन्न औद्योगिक र व्यवसायिक क्षेत्रहरूको विकास गर्ने, बन वातावरणको संरक्षण र विकास सुनिश्चित गर्ने, जलवायु परिवर्तनका असरले गर्दा निम्तिने बिभिन्न किसिमका बिपद जोखिमहरू न्यूनीकरण गर्न जस्ता कार्यक्रम ऐनले समेटेको छ । वातावरण र बिकास बीच सन्तुलन कायम गर्ने लगायत गतिविधिहरू सञ्चालन र व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।  ऐन २०७६ मा नै लागू भए पनि यसको प्रभावकारी कार्यान्वयनको लागि भू- उपयोग नियमावली लागू भइसकेको थिएन । मन्त्रालयले २०७७ वैशाख २९ गते नै भू- उपयोग नियमावलीको मस्यौदा तयार गरी मन्त्रिपरिषदमा पेश गरेको थियो। लामो समयसम्म मन्त्रिपरिषदमा रहेर पुनः मन्त्रालयमा फर्किएको थियो।  नियमावलीको अभावमा भू- उपयोग ऐनका उल्लिखित व्यवस्थाहरू कार्यान्वयनमा ल्याउन कठिनाई भइरहेको थियो । मन्त्रालयले मस्यौदालाई परिमार्जन गरी ०७८ माघ ६ गते पुनः मन्त्रिपरिषदमा पेश गरेको थियो । यो ऐनको यहि जेठ ९ गते नियमावली  मन्त्रिपरिषदबाट पारित भएको हो ।  नियमावली पारित भए पछि अब भू- उपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याइने भएको छ । सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको छ । अब मन्त्रालयले निर्देशिका, कार्यबिधीहरू तयार गर्नेछ र यस कार्यान्वयनमा ल्याउने भएको हो । 

सम्बन्धित सामग्री

गाउँपालिकाद्वारा कृषि र गैरकृषि भूमि वर्गीकरण

रुकुम– रुकुम (पूर्व)को सिस्ने गाउँपालिकाले पालिकाभित्र रहेका भूमिलाई कृषि र गैरकृषि गरी २ भागमा वर्गीकरण गरेको छ । गाउँपालिकाको स्थानीय भू-उपयोग परिषद्को माघ ३ मा बसेको बैठकबाट भू-उपयोग ऐन २०७६ र भू-उपयोग नियमावली २०७९ बमोजिम ४ किल्लासहित कृषि क्षेत्र र अन्य क्षेत्रलाई गैरकृषि क्षेत्रमा वर्गीकरण गरिएको हो ।   पालिकामा रहेका आठवटै वडाका भू-वर्गीकरण गरी […]

बैतडीमा भू-वर्गीकरणको काम नहुँदा समस्या

बैतडी– जिल्लामा भू-वर्गीकरणको काम अघि नबढ्दा समस्या भएको छ । छ महिनाभित्र सक्नेगरी ‘भू-उपयोग ऐन २०७६’ कार्यान्वयन गराउने भन्दै सरकारले गत जेठ २३ गते नियमावली बनाएकामा  तोकेको समय सीमा सकिएकाले ऐनको अभावमा हालसम्म कुनै पनि स्थानीय तहले जग्गाको वर्गीकरण थालेका छैनन् ।  स्थानीय तहहरूले भू-वर्गीकरणको काम नथाल्दा  व्यवहारिक तथा व्यावसायिक कामका लागि जग्गाको कित्ताकाट गर्नुपर्ने […]

तुलसीपुरको भू-उपयोग नीति बन्यो, कार्यान्वयनमा आएन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका भू-उपयोग नीति बनाउने नेपालकै पहिलो पालिका बन्यो । गतको साउन महिनामै भू–उपयोग नीति बनाएर कार्यान्वयनका लागि नापी र मालपोत कार्यालयलाई पठायो । तर त्यो नीति कार्यान्वयनमा आउन सकेको छैन । भू–उपयोग ऐन, २०७६ र नियमावली, २०७९ अनुसार जग्गाको वर्गीकरण गर्ने अधिकार र जिम्मेवारी स्थानीय तहलाई दिइएको हो । त्यहीअनुसार तुलसीपुर […]

काभ्रेका स्थानीय तहले जग्गा बर्गीकरण नगर्दा अंशबण्डा रोकियो

भू–उपयोग ऐन २०७६ तथा भू–उपयोग नियमावली, २०७९ अनुसार जग्गा कित्ताकाट गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको परिपत्र जिल्लाका १३ वटै स्थानीय तहले कार्यान्वयन गरेका छैनन् ।

वर्गीकृत नभएका जग्गा धितोका रुपमा नाख्न नसकिने

काठमाडौं, असार १ । मालपोत कार्यालयले कृषि र गैरकृषिमा वर्गीकरण नगरिएका जग्गा रोक्का गर्न नमानेपछि बैंक तथा वित्तीय संस्थाले जग्गा धितो राखेर ऋण प्रवाह गर्न नसकिने स्थिति उत्पन्न भएको छ। सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू-उपयोग परिषद्ले भू-उपयोग ऐन २०७६ र भू-उपयोग नियमावली २०७१ ले तोकेको मापदण्डका आधारमा कृषिक्षेत्र […]

वर्गीकृत नभएका जग्गा धितोका रुपमा नाख्न नसकिने

मालपोत कार्यालयले कृषि र गैरकृषिमा वर्गीकरण नगरिएका जग्गा रोक्का गर्न नमानेपछि बैंक तथा वित्तीय संस्थाले जग्गा धितो राखेर ऋण प्रवाह गर्न नसकिने स्थिति उत्पन्न भएको छ।सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू-उपयोग परिषद्ले भू-उपयोग ऐन-२०७६ र भू-उपयोग नियमावली २०७१ ले तोकेको मापदण्डका आधारमा कृषिक्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने नियम गरेको थियो। त्यसको सूचना जेठ २३ गते राजपत्रमा प्रकाशित गरिएको थियो।सोही भू-उपयोग नीति र नियमावलीको आधारमा भूमि

वर्गीकरण नगरी कित्ताकाट गरिएको जग्गा धितो राखेर अब ऋण नपाइने

काठमाडौँ । सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू उपयोग परिषद्ले भू उपयोग ऐन, २०७६ र भू उपयोग नियमावली, २०७९ ले तोकेको मापदण्ड अनुसार कृषि […]

कित्ताकाटबारे संसदीय समितिले भूमि सुधारमन्त्रीसँग छलफल गर्ने

भू–उपयोग ऐन २०७६ अन्तर्गत नियमावली नै नबनाई जग्गाको कित्ताकाट गर्न अनुमति दिएको विषयमा संसदीय समितिले भूमि व्यवस्थामन्त्रीसँग छलफल गर्ने भएको छ।