सुनसरी। ३८ वर्षीय बाबुको हत्या गरेको आरोपमा बराहक्षेत्र नगरपालिका-९ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। बाबुछोराबीच मंगलबार बिहान आपसी विवाद हुँदा बाबुले छोरालाई कुटपिट गरेपछि छोरालेसमेत भाँडाले प्रहार गर्दा बाबु गम्भीर घाइते भएका थिए। घाइतेको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो।