काठमाडौं । राप्रपाका निर्वाचित केन्द्रिय सदस्यद्वय पदम बहादुर तामाङ र मदिना खातुनले राप्रपा परित्याग गरेका छन् । उनीहरुले राप्रपा परित्याग गर्दै राप्रपा नेपाल प्रवेश गरेका छन् । पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्यमा मनोनी गरेका छन् । दुबैजनालाई विधान अनुसार सदस्यमा मनोनीत गरिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।