भक्तपुर : जिल्लामा जनैपूर्णिमा (गुन्हुँपुन्ही) पञ्चांग निर्णायक समितिको पात्रोमा उल्लेख भएभन्दा एक दिनअघि नै मनाइने भएको छ। भक्तपुरवासीले साउन २६ गते नै जनैपूर्णिमा मनाउन लागेका हुन्।समितिको पात्रोमा एकै दिन अर्थात् साउन २७ गते जनैपूर्णिमा र गाईजात्रा उल्लेख छ। दुवै पर्व एकै दिन परेकाले अन्योल उत्पन्न भएको भन्दै तलेजुका पुजारीसँगको छलफलपछि भक्तपुर नगरपालिकाले बिहीवार जनैपूर्णिमा र शुक्रबार गाईजात्रा (सापारु) मनाउने निर्णय गरेको हो ।भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन