लमजुङको मेमे पोखरी घुम्न गएका श्रीमानको मृत्यु, श्रीमती सम्पर्कविहीन

लमजुङ : पर्यटकीय मेमे पोखरी घुम्न गएका एकजनाको मृत्यु भएको छ। एक महिला सम्पर्कविहीन भएकी छिन्। लेक लागेर सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए।मेमेपोखरी (४,८०० मि) घुम्न गएका पाँच जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको र उनकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन भएको उनले जानकारी दिए। बाँकी तीनजना भेडीगोठमा बसिरहेका र मौसममा आएको  खराबीका उनीहरूको  उद्धार हुन नसकेको श्रीमलले बताए