नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका छन्। शनिबार ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका हुन्।