आर्थिक वृद्धिदर ५ देखि ८ प्रतिशत कायम रहन्छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको आर्थिक वृद्धिदर ५ देखि ८ प्रतिशत कायम रहने दावी गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४४ औं साधारणसभाको हिजो उदघाटन समारोहको उदघाटन सत्रमा बोल्दै अर्थमन्त्री डाक्टर खतिवडाले मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुदै गएको दावी गरे । निजीक्षेत्रले राखेका समस्याहरु विस्तारै हट्दै गएको दावी गर्दै पहिले आउँदा उद्योगी व्यावसायीहरुले राखेका समस्या र गुनासोहरु यसपटक आपूm वीरगन्जमा आउँदा नपाएको बताए । उनले भने, “वीरगन्जका उद्योगी व्यवसायीहरुले धेरै समस्याको लामो विवरण दिनेका थिए । यसपटक आउँदा त्यो पाईएन । त्यसैले यो आर्थिक विकासको सुधारको संकेत हो ।”