काठमाडौं– सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेको छ । शनिबार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपरान्हबाट पानीको बहाव घट्न थालेको हो । शनिबार अपरान्हबाट घट्न थालेको पानीको बहाव अहिले खतरामुक्त रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । साँझ ५ बजे कोसी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन […]