दीर्घ रोगीलाई कात्तिक २८ गतेदेखि फाइजरको खोप, कुन–कुन अस्पतालमा लगाउन पाइन्छ ?

काठमाण्डाै – सरकारले दीर्घ रोगीहरूलाई यही कात्तिक २८ गतेदेखि कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । अमेरिकाले अनुदानमा दिएको एक लाख मात्रा फाइजर खोपको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस ४ गतेसम्म दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो खोप मुटुको शल्यक्रिया गराएका र औषधि प्रयोग गरिरहेका, मिर्गाैला फेरेका, डायलासिस गराइरहेका वा औषधि सेवन गरिरहेका, क्यान्सरको उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यार...