सात युक्रेनी फिल्म निर्देशकको आग्रह : रुसी संस्कृति र फिल्मलाई एक्ल्याऔं

२३ फागुन, काठमाडौं । सात जना युक्रेनी फिल्ममेकरले युक्रेनमाथिको आक्रमणविरुद्ध रुसलाई एक्ल्याउन र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । रुसी आक्रमण भइरहेको किभबाट हलिउड रिपोर्टरसँग कुरा गर्दै ती फिल्म निर्देशकले रुसविरुद्ध एक हुन आग्रह गरेका हुन् । यस्तो आग्रह गर्नेमा निर्देशकहरु मार्याना गोर्वाच, नरिमान एलिएभ, भ्यालेन्टिन भास्यानोभिक, एन्टोनियो लुकिच, रोमन […]