म्यानमारको सैन्य सरकारले पर्यटकलाई आफ्नो देशमा आउन अनुमति दिएको छ । धेरै देशले धमाधम यात्रा प्रतिबन्धहरू सहज बनाउन थालेपछि म्यानमारले पनि अन्तर्राष्ट्रिय पर्यटकका लागि म्यानमारमा आगमन खुला गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।
म्यानमारको यो निर्णय पर्यटकका लागि खुसीको कुरा भए पनि म्यानमारको अवस्था भने अझै जटिल नै रहेको छ । म्यानमारले निर्वाचित सरकारलाई कु गरेर सैनिक शासन लागू गरेपछि अन्तर्राष्ट्रिय समुदायमा नराम्रो छाप परेको छ । म्यानमारमा कोरोना भाइरसको सङ्क्रमण अगाडि पर्यटकको सङ्ख्या बढ्दै गएको थियो । त्यसपछि...