विश्व कप फुटबलमा आज चार वटा खेल : इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज चार वटा खेलहरु हुँदैछन् । आज समूह चरण अन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने इरान इङ्ग्ल्यान्डसँग ६–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच खेल हुनेछ । कतार र सेनेगलबीचको खेल बेलुका पौने ७...