गौर हत्याकाण्डका दोषीलाई कारवाही नगरे भद्रकालीमा अनशन बस्ने चेतावनी

१४ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्डघटनाको पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् । गौर हत्याकाण्ड संघर्ष समितिले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर दोषीहरुलाई कारबाहीको माग गरेका हुन् । दोषीहरुलाई कारबाही नगरे भद्रकालीमा अनशन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै गौर हत्याकाण्ड सँघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले दोषीलाई कारबाहीकोे माग गरे । उनले भने,‘घटना भएको १४ वर्ष बितिसक्दा पनि आजसम्म दोषीहरुमाथि कारबाही हुन सकेको छैन ।’ उनले सरकारले ...