युरोकप : दावेदार टीम बाहिरिए यी हुन् क्वाटरफाइनलमा पुग्ने आठ देश

विश्वकप फुटबलपछि सर्वाधिक आकर्षक रहेको युरोकपको क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको छ । क्वाटरफाइनलका खेलहरु जुलाई २ देखि सुरु हुनेछ । मंगलबार प्रि क्वाटरफाइनलका खेलपछि अन्तिम आठको टुंगो लाग्दा उपाधिको दावेदार टोली बाहिरिएका छन् । साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने अन्तिम १६ बाटै बाहिरिएका हुन् । …

सम्बन्धित सामग्री

सरकारले खर्च पनि नगर्ने र ऋण उठाएर राख्ने गर्दा समस्या

कोभिड–१९ को महामारी र रूस–युक्रेन युद्धले विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीबाट अर्थतन्त्रलाई बचाउन नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा कसिलो मौद्रिक नीति अवलम्बन गर्‍यो, जसको कारण अर्थतन्त्रका सूचकहरू सकारात्मक भए । तर केन्द्रीय बैंकले अर्धवार्षिक समीक्षापछि पनि व्यवसायी र सर्वसाधारणको अपेक्षाविपरीत कसिलो नीतिलाई नै निरन्तरता दिएको छ । लचिलो बन्दा अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब पुन: बल्झिन सक्ने भन्दै अझै केही समय कसिलो मौद्रिक नीति नै आवश्यक रहेको बताउँछन् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री । बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा भएको पूँजी अनुत्पादक क्षेत्रमा लगानी भएको र राज्यको नीतिअनुसार उत्पादनशील क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने व्यवस्थाको पनि दुरुपयोग भएको उनको बुझाइ छ । प्रस्तुत छ, मौद्रिक नीति, वित्तीय क्षेत्र र अर्थतन्त्रका विषयमा केन्द्रित रहेर क्षेत्रीसँग आर्थिक अभियानका यादव हुमागाईंले गरेको कुराकानीको सार : नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा बाह्य दबाब भएकाले ल्याएको कसिलो मौद्रिक नीतिलाई अर्धवार्षिक समीक्षापछि पनि निरन्तरता दिएको छ । अर्थतन्त्रका सूचक केही सकारात्मक रहेको र व्यवसायीले पनि मौद्रिक नीतिबाट राहतको अपेक्षा गरिरहेका बेला कसिलो नीतिको निरन्तरता आवश्यक थियो ? नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि जारी गरेको कसिलो मौद्रिक नीतिलाई अर्धवार्षिक समीक्षापछि पनि निरन्तरता दिएको छ । अहिले पनि अन्तरराष्ट्रिय जगत्मा रुस–युक्रेन युद्धको प्रभावले तेलको मूल्यमा देखिएको उतारचढावलगायत कारण ठूला औद्योगिक राष्ट्रमा पनि मूल्यवृद्धि उच्च छ । यसलाई नियन्त्रण गर्न त्यहाँका केन्द्रीय बैंकहरूले बैंकदर बढाउँदै लगेका छन् । हाम्रो छिमेकी देश भारतले पनि बढाएको छ । हाम्रोमा पनि मौद्रिक नीतिमार्फत नीतिगत दर बढाइएको छ । बैंकहरूले ‘अनइथिकल प्राक्टिस’ गरेको पनि देखिन्छ । अहिले अर्थतन्त्रका केही सूचकहरू सकारात्मक देखिए पनि त्यसको निरन्तरता नै हुन्छ भन्ने ग्यारेन्टी छैन । त्यसैले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत कुनै परिवर्तन गरिएको छैन । कसिलो मौद्रिक नीतिलाई अझै केही समय निरन्तरता दिने मनस्थितिमा केन्द्रीय बैंक देखिन्छ । तर यतिबेला बजारमा अपेक्षा केही फरक थियो । तरलताको अवस्था केही सहज भएको, अन्तरबैंक ब्याजदर घटेको र बैंकको ब्याजदर बढेकाले ऋणीहरूले पैसा प्रयोग गर्न छोडेको अवस्थामा यसलाई सहजीकरण गर्नुपर्छ भन्ने थियो । हाम्रा व्यवसायीले बैंकमा जाँदा ऋण नै पाइँदैन भने पनि ब्याजदर उच्च भएकाले ‘पर्ख र हेर’को अवस्थामा छन् । उनीहरूले एकल अंकमा ब्याजदर हुनुपर्छ भनेर बार्गेनिङ गरिरहेको अवस्था छ । तर अहिले देखिएको सुधारको मुख्य कारण सरकारले विलासी सामानको आयातमा लगाएको प्रतिबन्ध र केन्द्रीय बैंकले एलसीमा गरेको नगद मार्जिनको प्रावधान नै हो । तर यही कारणले राजस्व घटेपछि सरकारलाई दबाब भयो । अहिले आयात प्रतिबन्ध र एलसीमा नगद मार्जिनको व्यवस्था हटाइएको छ । आगामी दिनमा आयात बढेर शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न सक्छ । यो अवस्थामा केन्द्रीय बैंकले मौद्रिक नीतिको सजग ढंगले समीक्षा गरेको छ । यसलाई नाजायज भन्न मिल्दैन । तरलताको अवस्था सहज हुँदा पनि मौद्रिक नीति कसिलो हुँदा आन्तरिक बजारमा मन्दी भयो भन्ने विश्लेषण छ नि ! सतही रूपमा हेर्दा त्यस्तो अवस्था देखिन्छ । किनकि कसिलो मौद्रिक नीतिले बजारमा हुने ऋण प्रवाह कसिलो भयो, जसकारण सबै व्यवसायमा मन्दी देखिएको छ । तर यसलाई हामीले अर्को दृष्टिकोणबाट पनि हेर्नुपर्छ । लचिलो भएर बजारमा पैसा पठाउँदैमा अर्थतन्त्र विकास नहुने रहेछ । किनकि कोभिडको दुष्प्रभावबाट बच्न राष्ट्र बैंकले उदार भएर पाइला चालेको हो । साढे ४ खर्बभन्दा बढी पैसा बजारमा पठाएको थियो । तर त्यो रकम कोभिडले प्रभावित उद्यम व्यवसायमा लगाएर पुनरुत्थान गर्नुभन्दा अर्को ठाउँमा प्रयोग भयो भन्ने कुरा आयो । सम्भवत: यही कारण पनि हाम्रो अर्थतन्त्र लयमा आउन नसकेको अवस्था हो । यसले गर्दा आजको दिनमा बैंकहरूको खराब कर्जा दोब्बर भएको छ । तिर्ने प्रक्रिया र अवधि केही पर सार्दा विगतमा केही सहज देखियो । तर अहिले त्यसको प्रभाव देखिँदै छ । त्यसैले केन्द्रीय बैंकले सुविधा दिन्छौं भनेर पनि हुने रहेनछ । उद्यम पनि चल्नुपर्छ, बैंक पनि चल्नुपर्छ । धेरै लचिलो बन्दा मूल्यवृद्धि ह्वात्तै माथि जाने अवस्था देखिन्छ । मूल्यवृद्धि उच्च हुनुको जिम्मा लिने निकाय केन्द्रीय बैंकबाहेक अर्को छैन । यो भूमिकालाई केन्द्रीय बैंकले निर्वाह गर्नुपर्छ । त्यसैअनुसार मौद्रिक नीति समीक्षा गरेको छ । व्यवसायीले ऋण महँगो भयो, चाहे अनुसार कर्जा पाइएन भनेर गुनासा गरिरहेका बेला केही सम्बोधन गर्न सकिन्थ्यो कि ? मौद्रिक नीतिले केही सम्बोधन त गरेको छ । ओभरनाइट रिपोदर घटाएर ७ प्रतिशतमा झारेको छ । मझौला, साना तथा घरेलु कर्जा तिर्न केही सहुलियत पनि दिएको छ । तर हामीकहाँ पहिला पहिला व्यवसायीले मनगढन्ते वासलात पेश गरेर कर्जा लिने गरेका थिए । त्यो आफूखुशी प्रयोग गर्थे । अहिले लेखापरीक्षण भएको वासलात हुनुपर्ने, त्यो पनि महीना–महीनामा विवरण बुझाउनुपर्ने जस्ता व्यवस्था गरेपछि व्यापारीले असन्तुष्टि देखाएका हुन् । बैंकहरूको संख्या घट्दा बैंक सीमित व्यवसायीको हातमा पुग्ने जोखिम हुन्छ । शेयर धितो कर्जामा गरिएको कडाइले पनि केन्द्रीय बैंक आलोचित भइरहेको छ । यसमा पुनरवलोकन जरुरी छ ? शेयर लगानीको विषयमा शुरूमै हामी लामो किसिमको होलमा प्रवेश गर्‍यौं । सर्वसाधारणले बचतलाई लगानी गर्ने क्षेत्रहरूमध्ये एउटा शेयर बजार हो । तर हामीकहाँ ‘पैसा दिने काम बैंकको हो, बैंकको पैसा खेलाएर नाफा खाने हो’ भन्नेहरू हावी भए । कुनै कुनै कम्पनीका संस्थापक लगानीकर्ताले यही मौका छोपेर मूल्य बढाए, आफ्नो शेयर बेचेर बजारबाट बाहिरिए भन्ने पनि सुनिन्छ । शेयर कारोबारीहरू राजस्व तिरेका छौं भन्छन् । तर राजस्व त जग्गा कारोबारी होस् वा गाडी सबैले तिरेकै छन् । नियामक निकायको चासो के हो भने, उत्पादनशील क्षेत्रमा कर्जा लगानी हुनुपर्छ । त्यसबाट अर्थतन्त्रको विकास हुनुपर्छ भन्ने नै हो । तर हामीकहाँ उत्पादनशील क्षेत्रमा जाऊँ भने पनि बैंकहरूले तोकिए अनुसार न्यूनतम लगानी पनि गर्न सकेका छैनन् । उनीहरू पनि छिटो नाफा हुने क्षेत्रमा केन्द्रित हुन खोज्छन् । तर ऋण लिएर शेयर बजारमा लगानी गर्ने विषय दिगो हुँदैन । त्यसले साना व्यवसाय गर्ने कालान्तरमा मर्कामा नै पर्छन् । हामीकहाँ शेयर बजारको नियामक अरू नै हो । केन्द्रीय बैंक तानिएको त ऋणमा सीमा तोकेर मात्र हो । यता कडाइ गरेपछि उत्पादनशील क्षेत्रमा लगानी बढ्छ कि भन्ने अपेक्षामा केन्द्रीय बैंक छ । बैंकको ब्याजदर महँगो भयो, तिर्न सकेनौं भनेर व्यवसायीले गुनासो गरिरहेका छन् । अहिलेको ब्याजदर अस्वाभाविक हो त ? कानूनी रूपले त ठीकै होला । किनकि ऋणीले कर्जा लिने बेला बैंकहरूले तोकेका सेवा शर्तहरू पालना गर्नेछु भनेर ल्याप्चे लगाएका हुन्छन् । तर नैतिक रूपले हेर्दा ठीक छैन । हिजो बजारमा तरलता अलिकति खुकुलो भएका बेला घर–घरमा गएर ऋण लिन उक्साउने, ‘यत्तिको मान्छेले कहाँ स्कुटी चढेर हिँडेको, गाडी किन्नुहोस्, हामी सस्तोमा कर्जा दिन्छौं’ भन्ने, जब बजारमा तरलता कसिलो हुन्छ अनि ह्वात्तै ब्याज बढाउने प्रवृत्तिका कारण धान्न गाह्रो भएको हो । बैंकहरूले पनि कता कता ‘अनइथिकल प्राक्टिस’ गरेको देखिन्छ । ब्याजकै कारण बैंकहरूविरुद्ध संगठित आन्दोलन समेत हुन थालेको छ । यसले वित्तीय प्रणालीप्रति नै अविश्वास बढ्ने जोखिम हुँदैन ? सबै कुरा सरकारले पूरा गर्नुपर्छ, हामी बसी बसी खाने हो भन्ने प्रवृत्ति मौलाएको छ । पछिल्लो समय आफ्ना माग पूरा गर्न चालकहरूले प्रहरीको भ्यान जलाएको पनि देख्यौं । लघुवित्तले घरबारविहीन बनाए भन्ने कुरा आएको छ । यसमा केही उपल्लो वर्गका व्यक्तिको उक्साहट देखिन्छ । त्यसैका बाछिटा एफएनसीसीआई जस्ता संगठित संस्थाले बोकेको देखिन्छ । यो प्रवृत्ति मौलाउनुको मुख्य कारण हाम्रो राजनीति अलमलियो, सरकारका स्पष्ट नीति भएन, गतल काम गर्नेलाई दण्ड दिन सरकार चुकेको छ । व्यापार गर्दा सधैं फाइदा हुन्छ भन्ने छैन, कहिले कहिले अप्ठ्यारो अवस्था पनि आउँछ । यो अवस्थामा जोखिम कसरी लिने भन्ने योजना र तयारी व्यवसायीको पनि हुनुपर्छ । मुख्य कुरा समस्याको कारण के हो भन्ने हेर्नुपर्छ । संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनिएको छ । त्यो भनेको हामीले आरामसँग बसीबसी खानु पाउनुपर्छ भन्ने सोच बढ्दै गएको छ । कसैले टपरीमा अगाडि ल्याएर राखिदियो भने पनि मलाई त यो मन परेन अर्को चाहियो भन्ने पनि देखियो । यसलाई गम्भीरता साथ अध्ययन गरिएन भने अप्ठ्यारो परिस्थिति सृजना हुन्छ । हरेक तह र तप्काले आफ्नो आफ्नो स्वार्थ मात्र अघि सार्दा संस्था र संयन्त्र कमजोर बन्छ । अहिलेको ब्याजदर व्यवसायले नै धान्न नसक्ने अवस्थाको हो ? अहिले ब्याजदरबारे गलत अभ्यास भएको छ । ब्याजदर बजारले नै निर्धारित गर्छ भनेर छोड्नुपर्थ्यो । यो मन्त्रालय, राष्ट्र बैंक वा बैंकर्स संघले तोक्ने भन्दा पनि बजारले निर्धारण गर्ने कुरा हो । कसैले ब्याजदरको कुरा उठाए बजारबाट निर्धारण हुन्छ भन्नुपर्थ्यो । तर हामीकहाँ गृहमन्त्रीले ऐन संशोधन गरेर भए पनि ब्याजदर घटाउँछौं भनेका छन् । त्यसैले हामीले आफ्नो आवाज उठाउनुपर्छ, नउठाए पछि पर्ने रहेछौं भन्ने भयो । उद्यम व्यवसायी भए पनि कराएपछि पाइन्छ भन्ने भयो । सबै बैंक मिलेर भद्र सहमतिका नाममा ब्याजदर तोक्न थाले । त्यो कार्टेलिङ नै हो । यसले बजारमा राम्रो सन्देश गएको छैन । बैंकहरूको कर्जा विस्तार अनुसार अर्थतन्त्र विस्तार भएको छैन । बैंकहरूको कर्जाको दायरा बढेसँगै अर्थतन्त्रको आकार बढ्न नसक्नुको कारण के हो ? हामीकहाँ झन्डै ५० प्रतिशत कर्जा निर्देशित छ । तर बैंकहरूको कर्जा विस्तार अनुसार अर्थतन्त्र विस्तार भएको छैन । यसमा पहिलेदेखिको रोग बैंकिङ कर्जा दुरुपयोग हो । हामीकहाँ कर्जा उपयोगितामा सुपरिवेक्षणको नितान्त कमी छ । एउटा भैंसी देखाएर चार–पाँचजनाको कर्जा थेग्ने रहेछ । गलत किसिमले कर्जा उपयोग हुने भएपछि उत्पादन बढ्न नसक्ने अवस्था रह्यो । सहुलियत कर्जा पनि सही व्यक्तिको पहुँचमा पुगेको छैन । अनुगमन नभएपछि बैंकको कर्जा छोराछोरीको विवाह तथा व्रतबन्धमा पनि प्रयोग भयो होला । अहिले लघुवित्तको ब्याज चर्को भयो, तिर्न सकिएन भन्ने गुनासो आएको छ । यो ब्याजदरको मात्र समस्या होइन । एउटा कर्जा तिर्न अर्को कर्जा लिने, त्यसपछि अर्को लिने शृंखला टुटेपछि जाने ठाउँ नभएको हो । पछिल्लो समय वाणिज्य बैंकहरूबीच मर्जरको माहोल बढिरहेको छ । यसले वित्तीय क्षेत्रमा कस्तो प्रभाव पार्ला ? हामी विगतमा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार होस्, वित्तीय साक्षरता वृद्धि होस् भनेर लाइसेन्स दिने नीतिमा उदार भयौं । यहीकारण काठमाडौं बाहिर केन्द्रीय कार्यालय राखेर पनि बैंकहरू स्थापना भए । तर तिनीहरूको कारोबार भने काठमाडौं केन्द्रित नै भयो । बैंकहरू धेरै भएपछि एकअर्काको ग्राहक खोस्ने प्रतिस्पर्धा भए पनि सेवामा प्रतिस्पर्धा र प्रभावकारी हुन सकेन । आपसमा प्रतिस्पर्धा गर्दा टिक्न ग्राहो भएपछि उनीहरू मर्जरमा जाने लागे । राष्ट्र बैंक आफैले पनि अध्ययन प्रतिवेदनमार्फत वाणिज्य बैंकको संख्या १५ ओटा भए पुग्ने अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । यसरी बैंकहरूको संख्या घट्दा बैंक सीमित व्यवसायीको हातमा पुग्ने जोखिम हुन्छ । किनकि हामीकहाँ अहिले पनि सीमित व्यापारी घरानासँग बैंक, वित्त, बीमा व्यवसाय पनि छ । यसरी सबै एकै ठाउँमा राख्दा थेग्न नसक्ने अवस्था हुन सक्छ । सीमित व्यक्तिको रजगज हुन सक्ने जोखिम छ । कोभिडपछि विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि दबाबमा छ । आर्थिक मन्दीको चपेटामा परेका देशसँग तुलना पनि गरिन्छ । तपाईंले देखेका समस्या के हुन् ? हाम्रो अर्थतन्त्रको मुख्य समस्या राजनीतिक अस्थिरता नै हो । एउटा मन्त्री नियुक्त भएर मन्त्रालयमा ब्रिफिङ लिन भ्याएको हुँदैन, परिवर्तन भइसक्छ । हामी कर्मचारीलाई स्थायी सरकार भन्छौं । तर यहाँ नेता बदलेपछि कर्मचारी पनि बदल्ने परिस्थिति छ । अहिले पनि पूँजीगत खर्च १४/१५ प्रतिशत मात्र छ । पूँजी निर्माण गर्न गरिने खर्च हो यो । सरकारले आफू पनि खर्च नगर्ने, निजीक्षेत्रमा जाने रकम पनि आन्तरिक ऋण उठाएर थन्काउने गरेको छ । युवाहरू विदेश पलायन भइरहेका छन् । आन्तरिक श्रम बजारमा जनशक्ति अभाव छ । कतिपय क्षेत्रमा कामदार नपाउने अवस्था छ । ह्यान्डीक्राफ्ट, शैलुनलगायत क्षेत्रमा भारत, पाकिस्तानका कामदार छन् । कृषिलाई प्राथमिकता भने पनि समयमै मल समेत दिन सकिएको छैन । विगतदेखि नै समस्यामूलक परिस्थिति भोग्दै आएका छौं । तर पनि यसबाट हामीले पाठ सिकेनौं । अर्थतन्त्र सुधार गर्न मजबूत बनाउन सबै क्षेत्र पहिचान गर्नुपर्छ । हामी खतरामा छौं । यो खतराले हाम्रो पुस्ता मात्र होइन, आउने पुस्तालाई पनि सुकेनास लाग्ने भयो ।

सञ्चारकर्मी लामिछानेद्वारा संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा

सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन् । चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाइसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत बताए ।‘३ दशक भन्दा लामो संचार कर्मको परिष्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’ सञ्चारकर्मी लामिछानेले भनेका छन, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वाचनमा प्रतिस्प

युक्रेनबाट ३० लाखभन्दा बढी मानिस बाहिरिए, झण्डै आधा बालबालिका : राष्ट्र संघ

न्यूयोर्क – संयुक्त राष्ट्रसंघले रुसी सेनाले युक्रेनमा जारी राखेको आक्रमणका कारण करिव १४ लाख बालबालिकाले युक्रेन छाडेको बताएको छ। २४ फेब्रुवरीदेखि हालसम्म हिसाब गर्दा हरेक एक सेकेन्डमा एक जना बालका/ बालिका शरणार्थी बनेका पाइएको छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेन्सन (आईओएम) ले जारी गरेको ताजा तथ्यांकअनुसार युक्रेनबाट ३० लाखभन्दा बढी मानिस देश छोड्न बाध्य भएका […]

विश्वकप छनोट खेल्ने टोली घोषणा, कुशल बाहिरिए

मस्कट (हाम्रो खेलकुद) – नेपालले शुक्रबार देखि ओमानमा सुरु हुने आइसिसी टि२० विश्वकप ग्लाबोल छनोट ए खेल्ने अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ ।नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा रहेका १७ खेलाडीबाट कुशल मल्ल सहित तीन खेलाडीलाई बाहिर राख्दै अन्तिम टोली घोषणा गरेको हो । घोषणा टोलीमा युवा स्टार अलराउन्डर कुशल मल्ल, ओपनर […]

टी२० विश्वकपः भारत–पाकिस्तानका पाँच चर्चित क्रिकेट खेलहरू

आइतवार साँझ निकै व्यग्रता साथ प्रतीक्षा गरिएको र सबैभन्दा प्रतिस्पर्धात्मक ठानिने क्रिकेट खेलका लागि भारत र पाकिस्तान टी२० विश्वकपमा भेट्दै छन्।दुई देशबीचको राजनीतिक तनावले गर्दा यी देशहरू विश्वकपजस्ता मुख्य प्रतिस्पर्धाबाहेक बिरलै जुट्ने गरेका छन्।अहिलेसम्म विश्वकपमा भेट्दा भारतले सबै सात खेल जितेको छ।उनीहरू अन्तिमपटक सन् २०१९ मा इङ्ल्यान्डमा आयोजित विश्वकपमा आमनेसामने भएका थिए।विश्वकपमा यी दुई देशबीच भएका रोामाञ्चक पाँच खेलहरू यस्ता छन्ःसन् १९९६ को विश्वकपभारतीय सहर बैङ्लोरमा भएको क्वाटरफाइनल खेल प्रशंसकहरूमा निकै प्रिय छ। ब्याटिङका लागि सुरुमा अवसर पाएको भारतले ८ विकेट गुमाउँदै २८७ रन बनाएको थियो। नभजीत सिंह सिन्धुले ९३ रन बनाएका थिए र अजय जडेजाले २५ बल मात्र खेलेर ४५ रन बनाएका थिए।उता सहज रूपमै मैदानमा उत्रिएको पाकिस्तानले सुरुवाती ब्याट्सम्यान आमिर सोहेल र सइद अनवरबाट १० ओभरमा ८४ रन बनाएको थियो।त्यसपछि जे भयो त्यो भारत पाकिस्तान प्रतिद्वन्द्व झल्काउने विशेष क्षणका रूपमा हेरिन्छ।सोहेलले बललाई चौका प्रहार गरेपछि बलर वेङ्कटेस प्रसाद नजिक गए र उनलाई उक्साउने गरी ब्याटले मैदानको बाहिर देखाए।लगत्तैको बल विकेटमा बजारियो, सोहेल आउट भए र प्रसादले बदला लिए। त्यसको खुसीयाली मनाउने क्रममा प्रसाद दौडिए र भिड उर्लियो। भारतले ३८ रनले खेल जित्दै पाकिस्तानलाई प्रतिस्पर्धाबाटै बाहिर निकाल्न सफल भयो।सन् २००३ को विश्वकपतीन अफ्रिकी देशहरूमा खेलिएको उक्त खेल समेत कम रोचक छैन। सइद अनवरको शतकको सहायताले पाकिस्तानले २७३ रनको चुनौती प्रस्तुत गरेको थियो। सइद अनवरको शतकको सहायताले पाकिस्तानले २७३ रनको चुनौति प्रस्तुत गरेको थियो।त्यसलाई पछ्याउने क्रममा तीव्र गतिका बलरहरू वसिम अक्रम, वकार युनिस र सोएब अक्तरसामु भारतले ठूलो चुनौती सामना गर्‍यो।तर भारतसँग सचिन तेन्दुलकर थिए जसले चमत्कारिक ब्याटिङले कयौँ छक्का र चौकाहरू प्रहार गर्दै ७५ बलबाट ९८ रन जुटाए।युवराज सिंह र राहुल द्रविडले २६ बल बाँकी छँदा भारतलाई जित दिलाए।भारतसँग सचिन तेन्दुलकर थिए जसले चमत्कारिक ब्याटिङले कयौँ छक्का र चौकाहरू प्रहार गर्दै ७५ बलबाट ९८ रन जुटाए।सन् २००७ को टी२० विश्वकप फाइनलचौध वर्षअघि महेन्द्र सिंह धोनीले दक्षिण अफ्रिकामा भएको प्रतिस्पर्धामा भारतलाई पहिलो टी२० विश्वकप जिताएका थिए।त्यसबेला भारतलाई उक्त प्रतिस्पर्धा जित्न सक्ने टोलीको रूपमा धेरैले हेरेका थिएनन्।त्यो नयाँ शैलीको खेल थियो र भारतले सचिन तेन्दुल्कर, सौरभ गांगुली र राहुल द्रविडको भरमा धमाकेदार प्रदर्शन गर्‍यो।त्यस वर्षको सुरुतिरै सन् २००७ को विश्वकपमा बाङ्लादेश र श्रीलङ्कासँग पराजित हुँदै लज्जाजनक हार व्यहोरेकोले भारतका कप्तान धोनीसामु उल्लेख्य दबाव थियो।भारतले सुरुमा ब्याटिङ गर्दै १५७ रन बनायो।खेलको अन्तिम ओभर खासै लोकप्रिय नरहेका बलर जोगिन्दर शर्मालाई दिने धोनीको निर्णयले गर्दा धेरै भारतीय प्रशंसकहरू मन ढुकढुक पारेको थियो।मिस्बाह उल हक स्ट्राइकमा थिए। र जितका लागि पाकिस्तानलाई ६ बलबाट १३ रन चाहिएको थियो।पहिलो दुई बलमा शर्माको बलमा एउटा छक्का भएपछि भारतीय पक्षमा सन्नाटा छायो।धोनीले शर्मालाई सम्हाल्न सके।चार बलबाट जित्नका लागि छ रन चाहिँदा उल हकले बल त उठाउन सके तर त्यो एस श्रीनाथको हातमा पुगेसँगै भारतले जित हासिल गर्‍यो।सन् २०११ को विश्वकपशानदार क्वाटरफाइनलमा अस्ट्रेलियालाई जितेपछि भारत आफ्नै सहर मोहालीमा पाकिस्तानविरुद्ध सेमिफाइनलमा जुटेको थियो।१६६ जनाको ज्यान गएको सन् २००८ को त्रासदीपूर्ण मुम्बई हमलापछि दुई देशबीच बढेको तिक्ततामाझ उक्त घटनापछि दुई देश पहिलो पटक खेल्दै थिए।तीन वर्षअघिको उक्त हमलाका लागि भारतले पाकिस्तानमा रहेको लडाकु समूह लस्कर ए तोइबालाई दोष दिएको थियो।त्यसलाई ‘सबै युद्धहरूको जननी’ ठान्दै खेल हेर्न दुवै देशका प्रधानमन्त्रीहरू उपस्थित भएका थिए।भारतले टस जितेर ब्याटिङ रोज्यो र सचिन तेन्दुलकर र वीरेन्द्र सेहवाग सुरुवाती ब्याट्सम्यानको रूपमा मैदानमा उत्रिए।छैटौँ ओभरमा सेहवाग खेलमा बाहिरिए। पाकिस्तानी बलहरूले चार पटक तेन्दुलकरलाई आउट गर्ने असफल प्रयासहरू गरे तापनि उनले ८५ रन बनाउन सके।सुरेश रैना ३६ रन बनाउँदा रनको पूर्ण अङ्क २६१ पुग्यो।पाकिस्तानका सुरुवाती ब्याट्सम्यान मोहम्मद हाफिजले ४३ रन बनाउन सके तापनि भारतले कसिलो बलिङ र फिल्डिङ्गमार्फत् पाकिस्तानलाई दबावमा राख्न सक्यो।पाकिस्तानले २९ रनले खेल हार्‍यो भने भारतले आफ्नो दोस्रो विश्वकप उचाल्यो।सन् २०१९ को विश्वकपइङ्गल्यान्डको म्यानचेस्टरमा भारतले पाकिस्तानसामु निकै ठूलो ३३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।पाकिस्तानले टस जित्दै बलिङ रोजेको उक्त खेलमा भारतका सुरुवाती ब्याट्सम्यान रोहित शर्मा र केएल राहुले १३६ रन जोडेका थिए।राहुल ५७ रनमा खेलबाट बाहिरिएका थिए।रोहित शर्माले ११३ रनमा १४० रन बनाउने क्रममा पाकिस्तानी बलरहरूलाई दबाबमा राखिराखे।कप्तान विराट कोहलीले ६५ बलमा ७७ रन बनाएका थिए।पाकिस्तानका फखर जमान र बाबार आजमले क्रमशस् ४८ बलमा ६२ र ५७ बलमा ७५ रन बनाएका थिए तर कुलदीप यादवले दुवै ब्याट्सम्यानलाई आउट गर्न सफल भए।वर्षाको असरले कयौँपटक ढिलो हुँदै सुरु भएको उक्त खेल अन्तिममा निलो भारतका लागि सहज जितमा परिणत भयो।बीबीसीबाट

नेपालले वैशाखमा त्रिदेशीय क्रिकेट प्रतियोगिताको आयोजना गर्दै

नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसियालाई आयोजना गर्ने तय भएको छ । नेपाल क्रिकेट संघका अनुसार तीन देश सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंला वैशाख महिनाका लागि तय भएको हो । बजाज पल्सर त्रिदेशीय श्रृखंला नाम दिइएको प्रतियोगिता २० ओभरको हुनेछ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को क्रिकेट तालिका बमोजिम लिग डिभिजन दुईका खेलहरु स्थगित भएपछि नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय स्पर्धा खेल्न सकेको छैन् । गत् वर्ष सुरुमै नेपालले विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको रिजनल छनौट खेल खेलेको थियो । उक्त स्पर्धाबाट बाहिरिए यता नेपाली क्रिकेट टोलीले घरेलु क्रिकेट प्रतियोगिता अन्तर्गत प्रधानमन्त्री कप क्रिकेट र मेयर कप क्रिकेट प्रतियोगिता खेलेको छ ।

देश बनाउने उद्देश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए : प्रधानमन्त्री ओली

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने उद्देश्य नबोकेका तत्वहरु पार्टी छाडेर गएको बताएका छन् । उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाललाई उदेश्य नबोकेको, प्रधानमन्त्री र अध्यक्ष पदका लागि पार्टीमा समस्या पैदा गर्ने तत्व भएको आरोप लगाए । नेकपा ओली समूहले आज बुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने –‘उदेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए, बाहिरिए, अहिले आत्तिएर सडकमा हिँडेका छन् ।’ 'संसद विघटन भनेको प्रतिगमन हो रे, चुनावमा जानु प्रतिगमन रे,'​ उनले ...

भारतबाट सातसय नेपाली भित्रिए नेपालबाट चौधसय भारतीय बाहिरिए

कोरोनाभाइरस विरुद्धको अभियानका क्रममा लकडाउन गरेर नेपाल भारत सीमाना सिल गरिएपछि धेरै नेपाली सीमापारि फसेको र धेरै भारतीय नागरिक सीमावारि फसेको हुँदा एक सहमति गरेर दुवै देशका नागरिकलाई आआफ्नो देश पठाइएको छ । बाँके प्रशासन र भारतको बहराईच जिल्ला प्रशासनबिच भएको सहमति अनुसार दुवै देशका नागरिकलाई आआफ्नो देशमा पठाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

भारतबाट सातसय नेपाली भित्रिए नेपालबाट चौधसय भारतीय बाहिरिए

कोरोनाभाइरस विरुद्धको अभियानका क्रममा लकडाउन गरेर नेपाल भारत सीमाना सिल गरिएपछि धेरै नेपाली सीमापारि फसेको र धेरै भारतीय नागरिक सीमावारि फसेको हुँदा एक सहमति गरेर दुवै देशका नागरिकलाई आआफ्नो देश पठाइएको छ । बाँके प्रशासन र भारतको बहराईच जिल्ला प्रशासनबिच भएको सहमति अनुसार दुवै देशका नागरिकलाई आआफ्नो देशमा पठाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।