एमसीसी प्रस्तावमाथि संसदमा सामान्य छलफल सुरु

काठमाण्डाै – प्रतिनिधि सभामा अमेरिकी सहायता परियोजना एमसीसीमाथिको छलफल सुरु भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनेयम च्यालेञ्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो । अहिले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले नाराबाजी गरे पनि एमसीसीमाथिको छलफल सुरु भएको हो । एमालेले आफ्ना माग पूरा नभएसम्म बैठक चल्न नदिने अडान राख्दै आएकाे छ । आजको बैठकबाट अमेरिकी...

सम्बन्धित सामग्री

संसदमा आजदेखि एमसीसीमाथि छलफल, सभामुखले मत विभाजन प्रस्ताव अघि बढाउने सम्भावना

काठमाण्डाै - अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको छ । गएको आइतवार बसेको बैठकमा एमसीसी टेबल भएको थियो । एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । यस्तै लोकतान्त्रिक स...