लाङटाङ खोला जलविद्युत् आयोजना शुभारम्भ

लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माण सुरु भएको छ । लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याप्रूm पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पु¥याई २० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण सुरु भएको हो ।चार अर्ब पाँच करोडको लागतमा निर्माण सम्पन्न गर्न मल्टी एनर्जी हाइड्रोपावर कम्पनीमार्फत सोमबारदेखि […]

सम्बन्धित सामग्री

सनराइज बैंकको अगुवाईमा ३ ओटा बैंकद्वारा लाङटाङ खोला जलविद्युत् आयोजनामा लगानी

असोज १३, काठमाडौं । रसुवाको स्याफ्रुबेसीमा रहेको लाङटाङ खोला जलविद्युत् आयोजना को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा सोमवार करीब ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रालि र बैंक बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । २० मेगावाट क्षमताको उक्त आयोजनाको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महीनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । आयोजनाको निमार्ण पुरा भई उत्पादन हुने विद्युत् चिलिमे हब सबस्टेशनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ ।  कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३ दशमलव ३० गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ जसमा सुक्खायामको उत्पादन ३४दशमलव ७ गिगावाट घण्टा र बर्खायामको उत्पादन ९८ दशमलव ६ गिगावाट घण्टा हुनेछ ।  पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात् हाल बीओक्यू (बील अफ क्वान्टिटी) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदारमार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

निर्माण शुरु भयो २० मेवा क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना

जेठ ११,  रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको शुभारम्भ भएको छ । लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याफ्रु पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेंसीमा पानी पुर्‍याई २० मेगावाट(मेवा)  विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुभारम्भ भएको हो ।            ४ अर्ब ५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्न मल्टी एनर्जी हाइड्रोपावर कम्पनीमार्फत सोमवारदेखि निर्माण शुरू भएको लाङ्टाङ खोला जलविद्युत् आयोजना अर्ध भूमिगतको संरचना बन्ने र ३० महीनाभित्र निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको उक्त कम्पनी सञ्चालक समितिका सदस्य कर्नेल तामाङले जानकारी दिए। ३ दशमलव २ मिटर साईजको व्यास रहने तीन किलोमिटर सुरूङको सहायताले स्याफ्रूबेंसीस्थित रसुवाको पूरानो सदरमुकामदेखि दक्षिण समथर क्षेत्रमा लगिने पानीबाट विद्युत् उत्पादन गरिने बताइन्छ । विद्युतगृह भने बाहिरी सतहमा रहने छ ।            लाङ्टाङ खोलामा ३० मिटर लम्वाई र ३० मिटर चौडाइ भएको बाँध बाँधिने र सुरूङको सहायताले प्रतिसेकेन १२ घनमिटर पानी विद्युत् गृहमा पुग्नेछ । विद्युत् उत्पादनका लागि दुई ओटा पेल्टन टरवाइन जडान हुने निमित्त आयोजना प्रमुख नारायण सुवेदीले जानकारी दिए।          रसुवा जिल्लामा थुप्रै जलविद्युत् आयोजना सञ्चालनमा आए पनि लाङ्टाङ निकुञ्जको संरक्षित क्षेत्रभित्रको भू–भागमा यो पहिलो आयोजना भएको स्थानीय बासिन्दाले बताएका छन् । देशको ऊर्जा सङ्कट समाधान गर्न रसुवामा निर्माणाधिन जलविद्युत् आयोजनालाई आवश्यक सुरक्षा प्रदान गर्न र स्थानीय प्रशासनको क्षेत्रबाट गर्नुपर्ने सहयोग प्रदान गर्न आफू तयार रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए।            यस्तै रसुवा जिल्लामा हालसम्म अन्य छ ओटा जलविद्युत् आयोजना सञ्चालित रहेका छन् । उत्तरी क्षेत्रमा १११ मेगावाट रसुवागढी, १४ दशमलव ३ माथिल्लो साञ्जेन, ४२ दशमलव ८ तल्लो साञ्जेन, १२० मेगावाट भोटेकाशी, ६ मेगावाट सुपर मैलुङ र दक्षिणी भेकमा १४ मेगावाट फलाखुखोला रहेका छन् ।            रसुवामा सबैभन्दा ठूलो २१६ मेगावाट अपर त्रिशूली वान नामक जलविद्युत् आयोजना भने निर्माण अगाडि बढाउने तरखरमा छ । रसुवाको जल सम्पदाको उपयोग गर्दै पहिलो चरणमा २२ मेगावाट क्षमताको चिलिमे, दोश्रोमा छ मेगावाट मैलुङ र तेश्रोमा ६० मेगावाट क्षमताको अपर त्रिशूली थ्रि एले उत्पादन दिइरहेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए। विद्युत् विकासको सम्भावना छ भनी रसुवालाई विद्युत् जिल्लाको रूपमा परिचित गराउने पहिलो उत्पादक कम्पनी चिलिमे रहेको समेत अध्यक्ष तामाङले जानकारी दिए । रासस