पालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा जनशक्तिको चरम अभाव भएकोले विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थप्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ ।
भेरी अस्पतालमा विरामीको चाप अत्याधिक भएपनि चिकित्सक र स्वास्थ्यकर्मीको संख्या निकै कम भएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालले माग गरे बमोजिम ८० जना जनशक्ति थप्ने निर्णय गरेर सोमवार पठाएको अस्पताल विकास समितिले जनाएको छ ।