नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमार्फत चाँदी आयातमा गरिएको कडाइले गहना निर्यात प्रभावित बन्ने बताएको छ । राष्ट्र बैंकले हिजो शुक्रबार गरेको मौद्रिक नीतिको समीक्षामाथि प्रतिक्रिया दिँदै चेम्बरले गहना निर्यात प्रभावित बन्ने बताएको हो ।चाँदी आयतका लागि अधिकतम ३५ हजार डलरको सीमाले चाँदीका गरगहनाको निर्यात, हस्तकला आदिको निर्यातमा गम्भीर असर गर्ने उल्लेख गर्दै यस्तो व्यवस्थाले कालिगडको पनि रोजगारी गुम्ने चेम्बरले बताएको छ ।