सरकारी भवन अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका सेवाग्राहीलाई समस्या

धनकुटा : हरेक सरकारी कार्यालय, भवन र बाटो अपाङ्गतामैत्री हुनुपर्ने प्रावधान भए पनि धनकुटाका अधिकांश सरकारी कार्यालय अपाङ्गतामैत्री छैनन्। सरकारी तथा पुरानो क्षेत्रीय सदरमुकाम कार्यालयका भवनहरु अपाङ्गतामैत्री हुन नसकेको हो।कार्यालय भवन अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका सेवाग्राही पीडामा छन्। यहाँका पुराना भवन मात्रै नभई नयाँ बनाइएका कार्यालय भवनसमेत अपाङ्गतामैत्री हुन नसक्दा आफूहरूलाई समस्या परिरहेको अपाङ्ग सेवा संघ धनकुटाका अध्यक्ष सेतुलाल आले मगर बताउँछन्। कार्यालय भवन अपाङ्गतामैत्री नभएकै का