प्रधानमन्त्री ओलीले लगाए प्रचण्डमाथि यी ६ आरोप

काठमाडौँ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रचण्डमाथि छ आरोप लगाएका छन्। आज बालुवाटारमा प्रस्तुत प्रतिवेदनमा उनले भनेका छन्, “प्रचण्डसहित पार्टीका कतिपयबाट राजनीतिक अस्थिरता सिर्जना गर्ने, सरकारका सकारात्मक काम र उपलब्धिहरूलाई ओझेलमा पार्ने, विपक्षीलाई उछिनेर सरकारको विरोध गर्ने, जनतामा नैराश्य फैलाउने एवं नेपालको बाह्य सम्बन्धमा समस्या सिर्जना गर्ने खालका गतिविधिहरू गरिए। प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्‍वार्टर बनाए।”