तेस्राे चरणकाे स्थानीय निर्वाचनमा पनि कांग्रेस–माओवादी तालमेल, कतै कुरा मिल्यो, कतै वार्ता जारी

सत्तारूढ प्रमुख दुइ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको चुनावी तालमेललाई तेस्रो चरणमा पनि निरन्तरता दिएका छन् । उम्मेदवारी मनोनययनको अघिल्लो दिन मंगलबार साँझसम्म चार वटा नगरपालिकामा तालमेल करिब टुंगिएको छ । अन्य नगर र गाउँपालिकाको तालमेलबारे राति अबेरसम्म छलफल जारी छ । दुवै पार्टीभित्र आन्तरिक विवादका कारण अन्तिम समयमा फेरबदल नभए बुधबार हुने उम्मेदवारी दर्ताका क्रममा तालमेलबाट उम्मेदवार खडा हुनेछन् ।