जनकपुरधाम : धनुषामा सडक दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।सडक दुर्घटनामा परेर घाइते भएकी घनुषाको मिथिला नगरपालिका–९ की ५५ वर्षीया रेवती घर्ती मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१ज ७१३४ नम्बरको विंगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बडहरी स्थित ग्लोबल होटल अगाडि पैदलयात्री मगरलाई ठक्कर दिएको थियो। विङ्गरको ठक्करबाट गम्भीर घाइते मगरको विराटनगरमा उपचार भइरहेको थि