प्रजनन् अधिकारबाट बञ्चित दुर्गमका महिला

पञ्चदेवल विनायक नगरपालिकाकी–३५ वर्षीया मैना (नाम परिवर्तन) ले गत साता नगरपालिकाको केन्द्रमा आयोजना भएको परिवार नियोजन शिविरमा मिनिल्याप (स्थायी बन्ध्याकरण) सेवा लिन तयार भइन् । ४ छोरी र १ छोरा भएकाले थप सन्तान आवश्यक नरहेको उनको बुझाइ थियो । छोराको आशमा ४ छोरीपछि पाँचौं सन्तान छोरा जन्मेपछि उनले मिनिल्याप गर्ने सोच बनाइन् ।