काठमाण्डौ – बितेका १४ वर्षमा ५० लाख जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा झण्डै ११ हजार जनाले रोजगारीकै सिलसिलामा ज्यान गुमाउन परेको छ ।
वैदेशिक रोजगार बोर्डको अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका १० हजार ९३२ जनाको परदेशमै ज्यान गएको छ ।
यो सङ्ख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र श्रम अवधि भित्रै रोजगारीको सिलसिलामा ज्यान गुमाएका श्रमिकका हकवालालाई दिएको आर्थिक सहायताको आधारमा बोर्डले राखेको तथ्याङ्क हो । श्रम अवधि सकिएपछि ज्या...