पृथ्वी राजमार्गको कृष्णभीरमा सोमबार बिहान सबेरै महोत्तरी जिल्ला औरही नगरपालिका–१ की रामकली साह खुट्टा खोच्याउँदै मिटरब्याजपीडितको पैदल ‘न्याय मार्च’ मा लामबद्ध थिइन् । खाल्डाखुल्डी, धूवाँ, धूलो, सवारीसाधनको चापलाई छल्दै अघि बढ्न उनको हातमा लौरो थियो । र, उनको साथमा थिए– पूर्व काँकडभिट्टादेखि पश्चिमको कञ्चनपुरबाट आएका उनीजस्तै सयौं मिटरब्याजपीडित ।