आधाभन्दा बढी अमेरिकीले स्टारलिंकको इन्टरनेट प्रयोग गर्न खोजेको एक अध्ययनले देखाएको छ । रिभ्युज डटओआरजीले गरेको पछिल्लो एक अध्ययन अनुसार आधाभन्दा बढी अमेरिकीहरुले स्टारलिङ्क इन्टरनेट प्रयोग गर्न चाहिरहेका छन् ।
उक्त अध्ययन १८ वर्षभन्दा माथिका ५०० जनामा गरिएको थियो । अध्ययनमा ५५ प्रतिशत अमेरिकीहरुले आफ्नो घरमा भएको इन्टरनेट भन्दा स्टारलिंकको इन्टरनेट स्पीड फास्ट भए...